च्याम्पियन्स लिगमा आज राति ९ वटा खेल हुँदै
माघ ८, २०८१ मंगलबार
काठमाण्डाै – लगातार तेस्रो दिनसम्म घटेको शेयर बजार आज बुधवार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४१ दशमलव शून्य छ अङ्कले बढेर दुई हजार ६० दशमलव ९१ विन्दुमा पुगेको छ ।
आज म्युचल फन्डबाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंक, फाइनान्स, जलविद्युत्, बीमा र उत्पादन समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।
आज हिमालयन लघुवित्त, मनकामना स्मार्ट लघुवित्त र सुपर मादी हाइड्रोपावर कम्पनीको शेयर साढे नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार हरियाली भए पनि आज सेन्चुरी डिबेन्चर २०८८ को शेयर १० प्रतिशतले घटेको छ ।
आज दुई सय ६५ वटा कम्पनीका ५० लाख १० हजार शेयर शेयर किनबेच भएका छन् । ७७ हजार पाँच सय पटक भएका कारोबारमा एक अर्ब ८८ करोड ८३ लाख रुपैयाँको शेयर खरिद/बिक्री भएको छ । सबैभन्दा धेरै आईएमई लाइफ इन्सुरेन्स कम्पनीकाे १५ कराेड ५० लाख रुपैयाँकाे शेयर किनबेच भएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।