कञ्चनपुरको बेलौरी आसपासका क्षेत्रमा ठूलो वर्षा, सतर्कता अपनाउन आग्रह

 साउन २५, २०८० बिहीबार ६:२६:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - कञ्चनपुरको बेलौरी आसपासका क्षेत्रमा ठूलो पानी परेको छ ।

बाढी पूर्वानुमान महाशाखाले बेलौरी आसपास भएर बग्ने सुहेली, चौधरलगायत साना खहरे खोलामा बाढीको जोखिम रहेको जनाएको छ । ती ठाउँका तटीय क्षेत्र तथा डुबान भइरहने होचा ठाउँमा बिहानसम्म सतर्कता अपनाउन आग्रह गरिएको छ ।

त्यस्तै, गएराति नवलपरासी, रूपन्देहीको लुम्बिनी, कपिलवस्तुको तौलिहवालगायत आसपासका क्षेत्रमा पनि ठूलो पानी परेको छ । ती क्षेत्रमा पनि आज बिहानसम्म नै सतर्कता अपनाउन भनिएको छ । आज सबै प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

 

अन्तिम अपडेट: माघ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया