च्याम्पियन्स लिगमा आज राति ९ वटा खेल हुँदै
माघ ८, २०८१ मंगलबार
काठमाण्डाै - रातो प्लेटले यात्रु बोकेको विरोधमा काठमाण्डौमा ट्याक्सी व्यवसायीले प्रदर्शन गरेका छन् । नेपाल राष्ट्रिय मिटर व्यवसायी ट्याक्सी चालक सङ्घको आयोजनामा बानेश्वरमा रहेको यातायात विभाग अगाडि उनीहरुले प्रदर्शन गरेका हुन् ।
झण्डै तीन सय ट्याक्सी बाटोमा राखेर नारा लगाउँदै उनीहरुले विरोध प्रदर्शन गरेका छन् । उनीहरुले रातो नम्बर प्लेटको दुई पाङ्ग्रे र चार पाङ्ग्रे गाडीले यात्रु बोक्न बन्द गर्नुपर्ने माग गरेका छन् ।
ट्याक्सी व्यवसायीको प्रदर्शनका कारण माइतीघर मण्डलादेखि तीनकुने कोटेश्वर सडक खण्डमा यातायात प्रभावित भएको छ ।
उनीहरूले निजी गाडीलाई भाडामा लगाउन नहुने, नेपाली भूमिमा काम गर्ने भारतीय गाडीलाई निषेध गर्नुपर्ने, काठमाण्डौ उपत्यकामा ट्याक्सी स्ट्यान्ड व्यवस्थापन गरी साँचो खोस्ने र चालकलाई दुर्व्यवहार गर्ने प्रवृत्ति बन्द गर्नुपर्ने लगायतका माग राखेका छन्।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।