काठमाण्डाैकाे यज्ञमती र चखुँचाखोलालाई पुरानै स्वरुपमा फर्काइने, अतिक्रमित संरचना आज भत्काइँदै

 साउन २६, २०८० शुक्रबार ८:३:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डौको बुढानीलकण्ठ नगरपालिका र काठमाण्डौ महानगरपालिकाभित्र बग्ने यज्ञमती र चखुँचाखोलालाई पुरानै स्वरूपमा फर्काउन पहल थालिएको छ ।

महानगरपालिकाले धोबीखोलातर्फबाट चखुँचाखोला खोल्न शुरु गर्दैछ । महानगरको टोली हिजो पुरिएको खोला खोल्न गए पनि स्थानीय बासिन्दाको अवरोधका कारण काम अघि बढ्न सकेको थिएन ।

आज बिहान ११ देखि चखुँचाखोला खोल्ने महानगरको तयारी छ । महानगरका मेयर बालेन्द्र शाह र बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीबीच हिजो भएको छलफलमा चखुँचाखोला र यज्ञमती खोला खोल्ने सहमति भएको हो ।

महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेले यज्ञमती र चखुँचाखोला अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काउने जानकारी दिनुभयो । उहाँले बर्सेनि हुने बाढीको समस्या समाधान गर्न जनप्रतिनिधि जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो । 

अन्तिम अपडेट: माघ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया