नक्कली शैक्षिक प्रमाणपत्र प्रकरण : सुमेरु सिटी अस्पतालकी डाक्टर पनि पक्राउ

 साउन २६, २०८० शुक्रबार १४:२०:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नक्कली शैक्षिक प्रमाणपत्र बनाउनेविरुद्ध विशेष अपरेशन शुरु गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले डा. पुनम थापा चौधरीलाई पनि पक्राउ गरेको छ । डा. चौधरी सुमेरु सिटी अस्पतालमा कार्यरत थिइन् ।

ब्युरोले यसअघि सात जनालाई पक्राउ गरिसकेको छ । चौधरीसहित पक्राउ पर्नेको सङ्ख्या आठ जना पुगेको छ । सीआईबीले हिजो बिहीवार मोरङ निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुनील शर्मालाई पनि पक्राउ गरेको थियो ।

मेडिकल कलेजको सम्बन्धन, सिट निर्धारण र शिक्षण शुल्कका विषयमा विवादमा आइरहने शर्माको आईएस्सीको प्रमाणपत्र नक्कली देखिएकाले अनुसन्धानका लागि पक्राउ गरेको सीआईबीले जनाएको छ ।

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया