पीएम कप क्रिकेट : मधेशलाई हराउँदै बाग्मती 'सुपर–फोर' मा
माघ ८, २०८१ मंगलबार
खोटाङ - खोटाङको जन्तेढुङ्गा गाउँपालिका–१ देविस्थानमा रहेकाे पञ्चकन्या पोखरीलाई बाढीले पुरिएको ३९ वर्षपछि पूर्ववत् अवस्थामा फर्काइएको छ ।
२०४१ सालमा बुवाँ खोलामा आएको भीषण बाढीले पुरिएर खेल मैदानमा परिणत भएको पञ्चकन्या पोखरीलाई पुरानै स्वरुपमा फर्काइएको हो । मैनटारमा रहेकाे विशाल पोखरी बालुवाले पुरिएपछि बनेकाे मैदानमा स्थानीय युवाले फुटबल र भलिबल खेल्ने गरेका थिए ।
चरिचरणको रुपमा पनि प्रयोग हुँदैआएको मैदानको बालुवा पन्छाएर पुन: पोखरीको स्वरुप निकालिएको देविस्थानका वडाध्यक्ष केदारमान राईले बताउनुभयो । २०७५ सालदेखि वडा कार्यालयमार्फत् बजेट विनियोजन गरेर दक्षिणतर्फ बाँध हालेर बालुवा निकाली पोखरीलाई पुरानै स्वरुपमा फर्काउने प्रयास थालिएको थियो ।
बगरमा परिणत भएको चार दशकपछि पोखरीको बालुवा एक्स्काभेटरले उठाएर ट्र्याक्टर हालेर अन्यत्र लगेर फालिएको वडाध्यक्ष राईले बताउनुभयो । पोखरीलाई पूर्ववत् अवस्थामा फर्काउने प्रयासका क्रममा अहिलेसम्म साढे नौ लाख रुपैयाँको हाराहारीमा खर्च भइसकेको छ ।
पोखरीमा रहेकाे बालुवा अझै पनि पूर्णरुपमा हटाउन बाँकी छ । बाढीले बगाएका कारण पहिलाको तुलनामा पोखरीको आकार घटेको छ । पुनर्जीवन पाएको पञ्चकन्या पोखरी अहिले स्थानीयको धार्मिक तथा पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास हुँदैगएको छ ।
तराईको सिमसार क्षेत्रको झल्को दिने पोखरी नजिकै पञ्चकन्या मन्दिर रहेको छ । भाकल पूरा गर्न, दर्शन गर्न र घुमफिरका लागि पञ्चकन्या पोखरी र पञ्चकन्य मन्दिर पुग्नेको सङ्ख्या बढ्दो रहेको स्थानीय रिपुधन तामाङले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।