खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा लगाएको प्रतिबन्ध तत्काल हटाउन ...
पुस २२, २०८१ सोमबार
काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेको सुन तस्करी प्रकरणको अभियोगमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आज बुधवार थप चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्ने चिनियाँ नागरिकमा डीङ सेग्फा, वेन तोङ, ली–नेङकाई र टीयान मी रहेका नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेका चिनियाँ नागरिकलाई अवैध सुन ओसारपसार तथा सङ्गठित अपराधअन्तर्गत मुद्दा चलाइने छ ।
उनीहरूलाई काठमाण्डाैका विभिन्न ठाउँबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ । सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या २१ पुगेको प्रहरी नायब महानिरीक्षक कडायतले बताउनुभयो ।
राजस्व अनुसन्धान विभागले यही साउन ३ गते सुनसहितको एक सय ५५ किलो 'ब्रेक शु' बरामद गरेको थियो । तर यही मङ्गलवार गालेर जोख्दा ६० किलो मात्र सुन भएको पुष्टि भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।