मेची भन्सार कार्यालयबाट चिया निर्यात ५५ प्रतिशतले बढ्यो
माघ ८, २०८१ मंगलबार
काठमाण्डाै – पहाडी तथा हिमाली जिल्लामा दिउँसाे १२ बजेपछि उडान गर्न नदिने निर्णयबाट नेपाल नागरिक उड्डयन प्राधिकरण पछि हटेको छ । चौतर्फी विरोधपछि प्राधिकरणले मौसमको अवस्था हेरेर र सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्दै १२ बजेपछि पनि उडान गर्न दिने निर्णय गरेको हो ।
प्राधिकरणले दुर्गम तथा हिमाली भेगका विमानस्थलमा अतिरिक्त समयमा उडान सञ्चालन गर्नुअघि हवाई मार्ग, गन्तव्य विमानस्थल र वैकल्पिक विमानस्थलको मौसम जहाज उडान/अवतरणका लागि उपयुक्त भएको हुनुपर्ने जनाएको छ । जहाजलाई आवश्यक पर्ने तोकिएको दूरीसम्म ककपिटबाट आँखाले हेर्दा देखिने दूरी सफा रहेको सुनिश्चित गरेर मात्रै जहाजका कप्तान पाइलट र उडान सञ्चालन गर्ने वायु सेवाका डिस्प्याचरले ‘उडानयोग्य मौसम भएको’ लिखित घोषणा विमानस्थलमा अनिवार्य बुझाउनुपर्ने छ । अनि मात्रै अतिरिक्त समयमा उडान अनुमति दिइने छ ।
त्यसैगरी दुर्गममा उडान गर्दै आएका वायु सेवाले नेपालगञ्ज विमानस्थलमा फ्लाइट अपरेसन अफिसर (एफओओ) अनिवार्य राख्नुपर्ने निर्णय गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।