३० वटा फेसबुक आइडी ह्याक गरेर रकम ठगी गर्ने पाँच जना पक्राउ

 भदौ १, २०८० शुक्रबार १३:५१:५० | रासस
unn.prixa.net

काठमाण्डाै - फेसबुक आइडी ह्याक गरेर १४ लाख ५८ हजार रुपैयाँ ठगी गरेकाे आराेपमा काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयले पाँच जनालाई पक्राउ गरेकाे छ । 

कार्यालयले विभिन्न व्यक्तिको ३० वटा फेसबुक आइडी ह्याक गरेर उनीहरुका नजिकका व्यक्तिसँग पैसा उठाएर ठगी गर्ने कार्यमा संलग्न पाँच जनालाई पक्राउ गरेको हाे ।

पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका–१७ रामनगर घर भइ अहिले काठमाण्डाै महानगरपालिका नयाँ बसपार्क बस्ने सीमान्त लामा, अमन्त लामा, अनुप श्रेष्ठ, रोहन गुरुङ तथा पोखरा महानगरपालिका–१० घर भइ नयाँ बसपार्क बस्ने शुभेक्षा गुरुङ रहेका छन् । 

काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले पक्राउ परेकाहरुले फेसबुक आइडी ह्याक गरी त्यसबाट रकम ठगी गरेको खुलेको जानकारी दिनुभयाे। 

अहिलेसम्म २२ जना पीडित कार्यालयको सम्पर्कमा आएका रेग्मीले बताउनु भयाे । आइडी ह्याक गरेर उनीहरुले म्यासेन्जरबाट म्यासेज गरी ई–सेवा र खल्तीजस्ता वालेटमा पैसा हाल्न लगाइ ठगी गर्ने गरेका थिए ।

सीमान्तले आइडी ह्याक गर्ने, अमन्तले विभिन्न बहानामा रकम माग्ने, शुभेच्छा तथा अनुपले वालेटमा आएको रकम झिक्ने र रोहनले भने उनीहरुलाई सीमकार्ड उपलब्ध गराउने गरेको अनुसन्धानबाट खुलेको रेग्मीले बताउनुभयो ।

पक्राउ परेकालाई ठगी तथा विद्युतीय कारोबार ऐन २०६३ बमोजिम थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

अन्तिम अपडेट: पुस २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया