चितवन महोत्सवमा कृषि गोष्ठी :रासायनिक विषादीको प्रयोग बढ्दै ग...
माघ ८, २०८१ मंगलबार
काठमाण्डाै – सुन तस्करी छानबिनका लागि बनाउने उच्चस्तरीय समितिको प्रारम्भिक मस्यौदा तयार भएको छ । आज मङ्गलवार सिंहदरबारमा बसेको प्रमुख तीन दलका नेताहरू सम्मिलित कार्यदलले सुन तस्करी छानबिनका लागि उच्चस्तरीय छानबिन समितिको मस्यौदा तयार पारेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहालले हिजाे सोमवार बोलाउनुभएको सर्वदलीय बैठकमा सरकार सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउन सहमत भएपछि नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, नेपाली कांग्रेस प्रमुख सचेतक रमेश लेखक र नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे रहनुभएको कार्यदललाई त्यसको मस्यौदा तयार पार्ने जिम्मेवारी दिएको थियो । त्यही जिम्मेवारीअनुसार आफूहरूले मस्यौदा तयार पारेको र अब केही बेरपछि बस्ने सर्वदलीय बैठकमा पेस गर्न लागिएको माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले बताउनुभयो ।
प्रमुख प्रतिपक्ष एमालेले पछिल्लो सुन तस्करी प्रकरणकाे छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग राख्दै गएकाे साउन १० गतेदेखि संसद् बैठक अवरुद्ध गर्दै आएकाे छ । हिजो बसेको बैठकमा भने सत्तापक्ष उच्चस्तरीय समिति बनाउन सहमत भएपछि दलहरूले त्यसको मस्यौदा तयार पार्न कार्यदल नै गठन गरेका थिए ।
अब बस्ने सर्वदलीय बैठकले उच्चस्तरीय समितिकाे प्रारम्भिक मस्यौदामाथि छलफल गरी समितिको कार्यादेश र संरचना टुङ्गो लगाएपछि संसद् बैठक शुरु हुने नेताहरूले बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।