एन्फा महिला लिग फुटबल : बाग्मती युथ क्लब र वालिङ नगरपालिका ख...
माघ ८, २०८१ मंगलबार
काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले एसिया कप क्रिकेट प्रतियोगितामा खेल्न पाकिस्तान जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शुभकामना दिनुभएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा खेलाडी, प्रशिक्षक र व्यवस्थापकलगायतलाई बोलाएर राष्ट्रपति पौडेलले आज मङ्गलवार जितको शुभकामना दिनुभएको हो । अन्तर्राष्ट्रिय प्रतियोगितामा हुने नेपालको सहभागिताले खेलाडीलाई आफ्नो व्यक्तित्व निर्माण गर्ने अवसरसहित नेपाल, नेपालीलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन र राष्ट्रको प्रतिष्ठा एवम् गरिमा बढाउन योगदान दिने राष्ट्रपति पौडेलको भनाइ छ ।
विश्व क्रिकेटमा भारत र पाकिस्तानजस्ता ठूला क्रिकेट टिमसँग खेल्ने अवसर नेपाली टिमका लागि थप उत्साहको विषय भएको भन्दै उहाँले सफलताको हार्दिक शुभकामना दिनुभएको हो ।
नेपाली टोली आज राति १ बजे पाकिस्तान प्रस्थान गर्दैछ । एसिया कप अगस्ट ३० देखि सेप्टेम्बर १७ तारिख अर्थात् भदौ १३ देखि ३१ गतेसम्म पाकिस्तान र श्रीलङ्कामा हुँदैछ । एसिया कपको समूह 'ए' मा नेपाल, भारत र पाकिस्तान छन् । समूह 'बी' मा बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तान छन् । नेपालले भदौ १३ गते पाकिस्तान र भदौ १८ गते भारतसँग खेल्नेछ । नेपालले पहिलो पटक एसिया कप खेल्न लागेको हो ।
नेपालले एसिया कपको लागि रोहित कुमार पौडेलको कप्तानीमा १७ सदस्य टोली घोषणा गरिसकेको छ ।
यस्ताे छ नेपाली टिम :
राेहितकुमार पाैडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुलसन झा, आरिफ शेख, साेमपाल कामी, प्रतिस जिसी, किशाेर महताे, सन्दीप जाेरा, अर्जुन साउद र श्याम ढकाल ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।