चितवन महोत्सवमा कृषि गोष्ठी :रासायनिक विषादीको प्रयोग बढ्दै ग...
माघ ८, २०८१ मंगलबार
काठमाण्डौ – आज पाँच प्रदेशका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौमसविद्ले बताएका छन् ।
मौसमविद् रोजन लामिछानेका अनुसार आज कोशी, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ ।
सुदूरपश्चिम प्रदेशमा दिउँसो र कोशी, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशमा राति ठूलो पानी पर्ने उहाँले बताउनुभयो ।
अन्य क्षेत्रमा भने हल्कादेखि मध्यम वर्षा हुने मौसमविद्ले बताएका छन् ।
गएराति पनि देशका धेरै ठाउँमा पानी परेको थियो ।
काठमाण्डौसहित केही ठाउँमा अहिले पनि पानी परिरहेको छ ।
मनसुन सक्रियसँगै नेपालमा अहिले भारतको मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको र यसको प्रभाव अझै एक दुई दिन रहने मौसमविद्ले बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।