काठमाण्डौको बुद्धनगरमा आतङ्क मच्चाउने भैँसी समातियो

 भदौ ६, २०८० बुधबार १२:२७:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – काठमाण्डौको बुद्धनगरमा दाम्लोसहित भागेर आतङ्क मच्चाएको भैँसीलाई समातिएको छ ।

भागेर ज्ञान निकेतन स्कुलको हाताभित्र छिरेको भैँसीलाई डिभिजन वन कार्यालय काठमाण्डौको प्राविधिक टोलीले डार्ट प्रयोग गरेर समातेको काठमाण्डौ महानगरपालिकाको ३१ नम्बर वडाका वडासदस्य हुमादेवी आचार्यले जानकारी दिनुभयो ।

भैँसीलाई बेहोस बनाएर समातिएको हो । उहाँका अनुसार भैँसीको टाउकोमा चोट लागेको छ ।

मार हान्ने क्रममा भैँसी भागेको हुन सक्ने अनुमान गरिएको छ ।

भैँसी तर्सिएकाले नियन्त्रणमा लिन हम्मेहम्मे परेपछि डार्ट प्रयोग गरिएको उहाँले बताउनुभयो ।

‘भैँसी कसको भन्ने जानकारी आएको छैन, त्यसैले सुरक्षित रुपमा पाल्ने ठाउँमा पठाउने तयारी भएको छ,’उहाँले भन्नुभयो ।

यसअघि २०७५ साल फागुनमा काठमाण्डौको चन्द्रागिरि मच्छेगाउँमा राँगोको आक्रमणबाट एक जनाको ज्यानै गएको थियो ।

मानिसको ज्यान लिएको राँगोलाई प्रहरीले गोली हानेर मारेको थियो ।

अन्तिम अपडेट: माघ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • prem

    Aug. 23, 2023, 2:24 p.m.

    सरकारले ल्याउने भनेको मुररा भैंसी नया ठाउँमा आएको भएर होला रमाएर नाचेको

  •  0 Reply

तपाईको प्रतिक्रिया