आरजेडएम ब्रान्डका १५ र १६ सिटे विद्युतीय गाडी नेपाल भित्रिए
फागुन ९, २०८१ शुक्रबार
काठमाडौं – दक्षिण कोरियाका राष्ट्रपति मून जेई इनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गरेका छन् ।
Prime Minister @narendramodi of India sent me some gorgeous garments. These are modernized versions of traditional Indian costume, known as the ‘Modi Vest’, that can also be worn easily in Korea. They fit perfectly. pic.twitter.com/3QTFIczX6H
— 문재인 (@moonriver365) October 31, 2018
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण कोरियाका राष्ट्रपति मुन जेई इनलाई गिफ्टका रुपमा ‘इस्टकोट’ (मोदी कोट) पठाएपछि मुनले मोदीको प्रशंसा गरेका हुन् । ट्वीटमा मुनले मोदीलाई आफूलाई ‘इस्टकोट’ पठाएको भन्दै धन्यवाद दिएका छन् ।
During my visit to India, I had told the Prime Minister @narendramodi that he looked great in those vests, and he duly sent them over, all meticulously tailored to my size. I would like to thank him for this kind gesture. pic.twitter.com/wRgekJSW16
— 문재인 (@moonriver365) October 31, 2018
‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मलाई केही सुन्दर पोशाक पठाउनुभएको छ । यी भारतीय शैलीका नयाँ भर्सनका पोशाक हुन् जसलाई ‘मोदी भेष्ट’ भनिन्छ । यी कोरियामा पनि सहजै लगाइन्छ । यस्ता पोशाक राम्रो सुहाउँछ पनि’, आफूले इस्टकोट लगाएको फोटोसहित राष्ट्रपति मुनले ट्वीट गरेका छन् ।
인도 모디 총리 @narendramodi 께서 멋진 옷을 보내왔습니다. 인도 전통의상을 한국에서도 쉽게 입을 수 있도록 개량한 모디 자켓인데, 너무 잘 맞습니다. 인도 방문 때 모디 총리의 옷이 멋있다고 했더니 특별히 저의 치수에 맞춰 보내주셨습니다. 후의에 감사드립니다. pic.twitter.com/IsX7W48ijA
— 문재인 (@moonriver365) October 31, 2018
‘मेरो भारत भ्रमणको बेला मैले प्रधानमन्त्री मोदीलाई यो भेष्ट ‘इस्टकोट’ मा तपाईँलाई साह्रै सुहाएको छ भनेको थिएँ, त्यसैले उहाँले मलाई यी पोशाक ‘इस्टकोट’ ठिक्क हुने गरी सिलाएर पठाउनुभएछ’, मोदीलाई धन्यवाद दिँदै इस्टकोट लगाएका मुनले चारवटा अन्य कोटहरु र आफ्नो फोटोसहित अर्को ट्वीट गरेका छन् ।
मुनले भारतीय प्रधानमन्त्री मोदीलाई सियोल शान्ति पुरस्कार जितेकोमा बधाई पनि दिएका छन् । सियोल शान्ति पुरस्कारमा भारतीय प्रधानमन्त्री मोदीलाई अन्तर्राष्ट्रिय सम्बन्ध बनाउन लागिपरेको, विश्व अर्थतन्त्रमा योगदान दिएकोे, भारतमा तीव्र आर्थिक विकास गरेको तथा भ्रष्टाचारविरुद्धको कदम चालेको साथै सामाजिक एकता कायम गरेको भनेर छनोट गरिएको थियो ।
I have read Prime Minister Modi’s tweets upon winning the Seoul Peace Prize. They were written in Korean, and I was moved by his thoughtfulness. I would like to offer my heartfelt congratulations to Prime Minister Modi. https://t.co/ZLwBWAHb7J
— 문재인 (@moonriver365) October 31, 2018
मुनले मोदीले कोरियन भाषामा ट्वीट गरेको भन्दै मोदीको प्रशंसा पनि गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।