विपिन जोशीको रिहाइको अपिल गर्ने कुरालाई प्राथमिकतामा राखेको...
माघ १, २०८१ मंगलबार
काठमाण्डाै - पछिल्लो तीन घण्टामा बाराको निजगढ, अमलेखगञ्ज, सर्लाहीको कर्मैया र आसपासका क्षेत्रमा ठूलाे वर्षा भएकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) August 26, 2023
वर्षाका कारण बकैया नदीसहित त्यस क्षेत्रमा बहने साना ठूला नदीहरुमा जोखिम बढेको छ ।
— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) August 26, 2023
यस्तै, सङ्खुवासभाको खाँदबारी र तुम्लिङटार, धनकुटा लगायतका क्षेत्रमा पनि ठूलो पानी परेको छ । ती क्षेत्रमा पनि सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) August 26, 2023
यस्तै, पछिल्लो तीन घण्टामा मकवानपुरको मकवानपुरगढी, कास्कीको लुम्ले र जुम्लेटी, पर्साको ठोरी, बाराको कलैया र परवानीपुर वर्षामापन केन्द्रमा पनि ठूलाे वर्षा भएकाले आसपासका क्षेत्रमा सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । अहिले कोशी र गण्डकी प्रदेशका केही क्षेत्रमा पानी परिरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।