कुशे गाउँपालिका नेपालकै पहिलाे अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा कार्यान्वयन गाउँपालिका घोषणा

 भदौ २२, २०८० शुक्रबार २०:८:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

जाजरकाेट – जाजरकोटको कुशे गाउँपालिका नेपालकै पहिलो अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा र विद्यालय शान्ति क्षेत्र कार्यान्वयन गाउँपालिका घोषणा गरिएको छ ।

आज शुक्रवार गाउँपालिकाको भार्ममा आयोजित एक कार्यक्रममा याे घोषणा गरिएको हो । कर्णाली प्रदेशसभाका सदस्य एवम् सामाजिक विकास समिति संयोजक घनश्याम भण्डारीले नागरिक समाजका अगुवा, पालिकाका जनप्रतिनिधि, शिक्षक विद्यार्थीहरूको उपस्थितिमा कुशे गाउँपालिकालाई नेपालकै पहिलो गाउँपालिका घाेषणा गर्नुभएकाे हाे ।

कार्यक्रममा कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले यो शुरुवात भएकोले आउँदा दिनमा थप काम गर्नुपर्ने र यसमा सबैको सहयोग हुनुपर्ने बताउनुभयाे ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया