सुदूरपश्चिम रोयल्यका मेन्टर ब्राड हज नेपालमा
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – शेयर बजार आज बुधवार उच्च अङ्कले बढेर हरियाली भएको छ । हिजो मङ्गलवार साढे १९ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज ३९ दशमलव ४८ अङ्कले बढेर दुई हजार सात दशमलव शून्य छ विन्दुमा पुगेको छ ।
सबै समूहको शेयर बढेकोमा विकास बैंक, होटल, जलविद्युत्, बीमा र व्यापार समूहको शेयर उच्च अङ्कले बढेको छ । आज सबैभन्दा धेरै शुभम् पावर कम्पनी, वरुण हाइड्रोपावर कम्पनी र समता घरेलु लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार हरियाली भएको दिन सबैभन्दा धेरै थ्री स्टार हाइड्रोपावरको शेयर आठ प्रतिशतले घटेको छ ।
आज ५१ लाख ४४ हजार कित्ता शेयर एक अर्ब ४९ करोड ५५ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको सात करोड ९३ लाख रुपैयाँको शेयर खरिद/बिक्री भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।