अस्ट्रेलियासँगको चौथो एकदिवसीयमा दक्षिण अफ्रिका १ सय ६४ रनले विजयी

 भदौ ३०, २०८० शनिबार ६:३१:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पाहुना टोली अस्ट्रेलियासँगको चौथो एकदिवसीय खेलमा दक्षिण अफ्रिका एक सय ६४ रनले विजयी भएको छ । यो जितसँगै पाँच खेलको शृङ्खला २/२ को बराबरी भएको छ ।

सेन्चुरियनमा भएको खेलमा पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाएर चार सय १६ रन बनायो । उसका हेनरिच क्लासेनले उत्कृष्ट एक सय ७४ रनको पारी खेले ।

यस्तै, डेविड मिलरले ८२ तथा भान देर डुसेनले ६२ रन जोडे । जितका लागि चार सय १७ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया ३४ ओभर ५ बलमा २ सय ५२ रनमा अलआउट भयो । उसका एलेक्स कारे शतक बनाउनबाट एक रनले चुके । उनी ९९ रनमा आउट भए ।

लुङ्गी नेगिडीले चार तथा कागिसो राबाडाले तीन विकेट लिए । शृङ्खलाको अन्तिम तथा निर्णायक खेल भोलि हुनेछ ।
 

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया