विद्यार्थी बेहोस हुन थालेपछि पठनपाठन प्रभावित

 भदौ ३०, २०८० शनिबार १९:०:५१ | रासस
unn.prixa.net

प्रतीकात्मक तस्बिर

बैतडी – विद्यालय समयमा विद्यार्थी बेहोस हुन थालेपछि बैतडीको मेलौली नगरपालिका–७ मा रहेको मणिलेक मावि काँडामा पठनपाठन प्रभावित भएको छ । कक्षा ७ देखि १२ सम्मका छात्रा विद्यालयमै बेहोस हुने समस्या आएपछि पठनपाठन प्रभावित भएको विद्यालयका प्रधानाध्यापक देवदत्त कलौनीले बताउनुभयो ।

उहाँका अनुसार विद्यालय आइसकेपछि छात्रा रुने, कराउने, काप्ने, बेहोस हुने समस्या देखिने गरेको छ । बिहानको समयमा लाइनमा बसेका बेला र कक्षाकोठामा छात्राहरू बेहोस भएर ढल्ने गरेका प्रधानाध्यापक कलौनीले जानकारी दिनुभयो ।

शुरुमा एक जना छात्रालाई यो समस्या देखिएलगत्तै अरु छात्रामा पनि देखिएको उहाँले बताउनुभयो । ‘विद्यालय समयमा दैनिक चार/पाँच छात्रामा यस्तो समस्या देखिने गरेको छ । १२ देखि १७ उमेर समूहका छात्रामा यो समस्या बढी छ,’ कलौनीले भन्नुभयो, ‘विद्यार्थीमा दैनिक बेहोस हुने समस्या देखिन थालेपछि पठनपाठन पनि प्रभावित हुने गरेको छ ।’

छात्रामा देखिएको यस्तो समस्या ‘मास हिस्टेरिया’ रहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो । ‘यो सामान्य खालको बिरामीको लक्षण हो । उनीहरुमा भावना उत्पन्न भएर एकबाट अर्कोमा बेहोस हुने क्रम सर्ने गर्दछ,’ उहाँले भन्नुभयो, ‘मनोपरामर्शलाई जोड दिने, सान्त्वना दिने, मनोबल बढाउने खालका कुरा गर्ने, सांस्कृतिक कार्यक्रम गरेर मनोरञ्जन दिनेलगायत क्रियाकलापमा सहभागी गराउनुपर्छ । विस्तारै समस्या कम भएर जान्छ ।’

यसअघि  बैतडीको पञ्चेश्वर र सिँगास गाउँपालिकाका विद्यालयमा पनि विद्यार्थी बेहोस हुने समस्या देखा परेको थियो ।  

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया