खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा लगाएको प्रतिबन्ध तत्काल हटाउन ...
पुस २२, २०८१ सोमबार
काठमाण्डाै – दाेलखामा थप तीन किलो सुनसहित एक जना पक्राउ परेका छन् । अस्ति बुधवार राति मात्रै दोलखाको सिङ्गटीबाट चार किलो सुनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि आज फेरि थप तीन किलो सुन बरामद भएको हो ।
चीनबाट तस्करी गरेर ल्याउँदै गरेको तीन किलो सुनसहित आज जामुनेमा केशर तामाङ पक्राउ परेका प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले जनाएको छ । चीनको बोर्डरबाट लामाबगर हुँदै सुन भित्रिएको हुनसक्ने प्रहरीकाे अनुमान छ ।
अहिलेसम्म तस्करले ल्याएको सात किलो सुन बरामद गरेको प्रहरीले जनाएको छ । सुन तस्करीको आरोपमा अहिलेसम्म पाँच जना एकै गाउँका पक्राउ परिसकेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।