शरद ऋतुमा हिमाल आरोहणका लागि ४३६ जनालाई अनुमति

 असोज १३, २०८० शनिबार २०:४७:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – यस वर्षको शरद ऋतुमा नेपालको हिमाल आरोहणका लागि अनुमति लिनेको सङ्ख्या ४ सय ३६ जना पुगेको छ । हिजो बेलुकासम्म अनुमति लिनेमा ९४ जना महिला रहेका छन् । यस वर्षको शरद ऋतुमा सबैभन्दा धेरै मनास्लुमा ३ सय १ जना सहित २६ वटा हिमाल आरोहणका लागि अनुमति जारी भएको पर्यटन विभागले जनाएको छ ।

यस्तै धौलागिरीमा २३, हिमलुङमा १४ र आमाडब्लममा १० जनाले अनुमति लिएका छन् । बाँकी हिमालमा अनुमति लिनेको सङ्ख्या १० जना भन्दा कम छ । अनुमतिलिनेहरुमा नेपाल सहित ५१ वटा देशका नागरिक रहेका छन् । सबैभन्दा धेरै चीनका ६७ जना छन् । आरोहण अनुमतिबापत सरकारले चार करोड १० लाख रुपैयाँ रोयल्टी सङ्कलन गरेको छ ।

शरद ऋतुको आरोहण भने एक हप्ता भन्दा अघिदेखि नै चलिरहेको छ । वसन्त ऋतुको आरोहण सिजनमा सगरमाथामा आरोहीहरुको भिड लागेजस्तै शरद ऋतुमा मनास्लु हिमालमा आरोहीहरुको भिड लाग्ने गर्दछ ।

नेपालमा विश्वको सर्वोच्च शिखर सगरमाथा सहित १ हजार ३ सय १० वटा हिमाल रहेका पर्यटन विभागको तथ्याङ्क छ । यी हिमाल मध्ये ४ सय १९ वटा हिमालमा सरकारले आरोहण खुल्ला गरेको छ। 

अन्तिम अपडेट: माघ १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया