मेची भन्सार कार्यालयबाट चिया निर्यात ५५ प्रतिशतले बढ्यो
माघ ८, २०८१ मंगलबार
डोटी – नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री एनपी साउदले वर्तमान नेपाल कम्युनिष्ट पार्टी ने क पाको सरकार मत्ता हात्ती भएको आरोप लगाउनु भएको छ ।
डोटीको दिपायलमा शनिबार नेपाल प्रेस युनियन डोटी शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रिय सदस्य तथा पूर्व मन्त्री एनपी साउदले यस्तो आरोप लगाउनु भएको हो ।
अहिलेको ने क पा को सरकारका कारण देशमा शान्ति शुरक्षाको अवस्थामा जटिलता परेको र सरकारले अपराधीक गतिविधि गर्नेलाई छुट दिएको उहाँको आरोप छ । उहाँले भन्नुभयो, ‘ने क पा को सरककार मत्ता हात्ती जस्तो भएर हिँडिरहेको छ, हामीले आन्दोलन गर्न नपरोस ।’
कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारा र बलात्कारी अहिलेसम्म फेला नपार्नु सरकारको उदासिनता भएको उहाँको भनाई छ । उहाँले थप भन्नुभयो, ‘निर्मलाका हत्यारा पत्ता लगाएर कानुनी कारबाही गर्नुको साटो सरकारले केही प्रहरी अधिकारीलाई कारबाही गरेर हत्यारालाई उन्मुक्ति दिन खोजी रहेको छ, हामीलाई सैह्य हुने छैन् ।’
‘सुदूरपश्चिम प्रदेशको राजधानी दिपायलबाट एकलौटी तरीकाले कैलालीमा सारिएको छ, नागरिकलाई कर बढाएर जनहित विपरित गरिएको निर्णयमा कांग्रेसको सहमती हुने छैन’, पूर्व मन्त्री साउदले भन्नुभयो, ‘दिपायलमा भएका संरचनालाई भताभुंग गरी राजधानी कैलालीको जंगलमा सारिएको छ, डोटीबासीले गरिरहेको आन्दोलनमा हाम्रो एक्यबद्धता छ ।’
झण्डै तीन महिनादेखि बेपत्ता भएका नेपाल प्रेस युनियन डोटी शाखाका संस्थापन अध्यक्ष तथा पत्रकार तेजबहादुर खड्का ‘तेजु’ को खोजजीकार्यका बारेमा कांग्रेसले गरेको पहलको विषयमा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै साउदले भन्नुभयो, ‘कांग्रेसले आफ्नो तबर र तरिकाबाट पत्रककार ‘तेजु’को खोजी गर्दै छ तर सरकारले उदासिनता देखाएका कारण समस्या भएको छ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।