भरतपुर महानगरको शहरी क्षेत्रमा भूमिगत विद्युतीकरणको पहिलो फि...
माघ ११, २०८१ शुक्रबार
काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गुन्डा नाइके ‘रिगल’ भनिने योगराज ढकाललाई आममाफी दिने निर्णयमा सरकारको जवाफ माग्नुभएको छ ।
आज बिहीवार बसेकाे प्रतिनिधिसभा बैठकमा महामन्त्री थापाले गलत निर्णय भएकाले सरकारले त्यसको जवाफ दिनुपर्ने बताउनुभयो । आममाफीको मुद्दा सर्वोच्च अदालतमा पुगिसकेको र सदनमा पनि कुरा उठेकाले सरकारले जवाफ दिनुपर्ने थापाको भनाइ छ ।
उहाँले भन्नुभयाे, ‘सरकारबाट यो गलत निर्णय भएको छ । आममाफी दिनुको कारण यहाँ उभिएर बताउनुपर्छ । निर्णय गरेर भाग्न पाइँदैन । कानुनी छिद्र प्रयोग गर्ने क्रम बढ्दो छ । अब कानुन फिर्ता लिनुपर्छ र संशोधन गरेर परिमार्जन गर्नुपर्छ ।’
मानन्धरलाई खुँडा प्रहार गरी हत्या गरेको कसुरमा जेल परेका ‘रिगल’ को १२ वर्ष कैद सरकारले संविधान दिवसका अवसरमा माफी दिएपछि चौतर्फी विरोध भइरहेको छ । मानन्धरकी श्रीमती भारतीले सर्वोच्चमा रिट दिनुभएको छ ।
‘रिगल’ विरुद्ध २०७२ साल असार २८ गते नेपालगञ्जको धम्बोजी चोकमा चेतनमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग थियो ।
उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । तर संविधान दिवसको अवसरमा गएको ३ गते सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कैद मिनाहा गरेपछि ‘रिगल’ कैदमुक्त भएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।