काभा भलिबल : अफगानिस्तानमाथि नेपालकाे राेमाञ्चक जित

 असोज २४, २०८० बुधबार १६:४८:४० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – काभा पुरुष भलिबल च्यालेन्ज कपमा नेपालले अफगानिस्तानमाथि राेमाञ्चक जित निकालेकाे छ ।

आज बुधवार दिउँसाे श्रीलङ्कामा भएकाे खेलमा नेपालले अफगानिस्तानलाई ३–२ काे सेटमा हरायाे । पहिलाे सेट जितेकाे नेपालले दाेस्राे र तेस्राे सेट गुमाएकाे थियाे । त्यसपछि चाैथाे र पाँचाैँ सेट जित्दै नेपालले राेमाञ्चक जित हात पारेकाे हाे ।

पहिलाे सेट नेपालले २५–१९ ले जित्याे । दाेस्राे र तेस्राे सेट नेपालले २६–१९ र २५–२२ ले गुमायाे । यस्ताै चाैथाे र पाँचाैँ सेट नेपालले २५–२१ र १५–१० ले जित्याे । प्रतियाेगितामा यसअघि भएका दुई खेलमा नेपालले एकमा जित र एकमा हार बेहाेरेकाे छ । पहिलो खेलमा बङ्लादेशलाई ३–१ ले हराएको नेपाल हिजो मङ्गलवार भएको दोस्रो खेलमा आयोजक श्रीलङ्कासँग ३–० ले पराजित भएको थियो ।

अब नेपालले पर्सि शुक्रवार साउदी अरेबियासँग र असोज २७ गते उज्वेकिस्तानसँग खेल्नेछ । छ टोली सहभागी भएकाे प्रतियोगितामा राउन्ड रोबिन लिगपछि अङ्क तालिकाका शीर्ष दुई टोलीले फाइनल तथा त्यसपछिका दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । फाइनल र तेस्रो स्थानको खेल असोज २८ गते हुनेछ ।

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया