मन्त्रिपरिषद्का निर्णय पनि अख्तियारले हेर्न पाउनुपर्छ : सभापति लामिछाने

 असोज २४, २०८० बुधबार १७:३०:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मन्त्रिपरिषद्का निर्णय पनि अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले हेर्न पाउनुपर्ने बताउनुभएको छ ।

आज बुधवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सभापति लामिछानेले यस्तो बताउनुभएको हो । उहाँले भ्रष्टाचार नीतिगत र अनीतिगत भन्ने नहुने उल्लेख गर्दै भ्रष्टाचार भ्रष्टाचार नै हुने र यसमा कुनै लेप लाग्न नहुने बताउनुभयो । कुनै पनि गलत कुरालाई अख्तियारले हेर्नसक्ने लामिछानेकाे भनाइ छ ।

उहाँले भन्नुभयो, ‘मन्त्रिपरिषद्का निर्णय पनि अख्तियारले हेर्न पाउनुपर्छ भन्ने हाम्रो पार्टीको मेरो लाइन हो । नीतिगत, योगत उगत भन्ने होइन । भ्रष्टाचार पनि नीतिगत र अनीतिगत भन्ने हुन्छ ? भ्रष्टाचार भ्रष्टाचार मात्रै हुन्छ । कुनै लेप लाग्न हुँदैन । गलत चिज कुनै पनि छ भने हेर्नुपर्छ । जहिलेको पनि हेर्नुपर्छ । यो हाम्रो दलको कुरा हो ।’

सभापति लामिछानेले वाइडबडी खरिद प्रकरण, नेपाल ट्रस्ट, ओम्नी, यति लगायतका प्रकरणहरूको अनुसन्धान कहाँ पुग्यो भन्दै प्रश्न पनि गर्नुभयो ।

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया