सिसी र चक्की भिटामिनको भ्रम
माघ ६, २०८१ आइतबार
काठमाण्डाै – नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता तोडिन दिन नहुने बताउनुभएको छ ।
आज बिहीवार प्रतिनिधिसभाको बैठकमा सांसद केसीले देशमा सामाजिक सद्भाव र सहअस्तित्वमा विचलन आइरहेको भन्दै यसप्रति सजग हुनुपर्ने बताउनुभएको हो । उहाँले एकपछि अर्को गरी अन्तरजातीय सद्भावना र धार्मिक सहिष्णुता तोड्ने काम भइरहेको बताउनुभयाे । अराजकताको विरुद्धमा अराजकताले नै प्रतिरोध गर्न नहुने सांसद केसीकाे भनाइ छ ।
उहाँले भन्नुभयो, ‘सामाजिक सद्भावना र सहअस्तित्व एकपछि अर्को गरी विचलनमा जाँदैछ । अन्तरजातीय सद्भावना र धार्मिक सहिष्णुता हाम्रो राष्ट्रिय संस्कार–संस्कृति हो । अन्तरजातीय सद्भावना र धार्मिक सहिष्णुता नेपालको सबैभन्दा राष्ट्रिय गौरवको विषय हाे । संस्कार र संस्कृति विविधताबीचको एकता हाम्रो संस्कृति हो । अराजकताको विरुद्धमा अराजकता नै त्यसको प्रतिरोध होइन । कसैले मोसो दल्छु भन्यो र उसैलाई मोसो दल्नु पनि हाम्रो संस्कार र संस्कृतिको कुरा होइन ।’
सांसद केसीले महँगीले नागरिककाे चुल्हो नै नबल्ने स्थिति आएको भन्दै यसप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।