सुन तस्करी प्रकरणमा राहुल महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

 असोज २६, २०८० शुक्रबार १९:५०:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – विद्युतीय चुराेट (भेप) मार्फत सुन तस्करी प्रकरणमा राहुल महरालाई काठमाण्डाै जिल्ला अदालतले थुनामा पठाउन आदेश दिएको छ ।

आज शुक्रवार न्यायाधीश दण्डपाणि शर्माको इजलासले मुद्दाको पुर्पक्षका लागि माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुललाई थुनामा राख्न आदेश दिएको हो । राहुलसँगै मुद्दा चलाइएका लोकेन्द्र पौडेलसँग भने पाँच लाख रुपैयाँ धरौटी माग गरिएको जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले बताउनुभयो ।

भेपमा लुकाई तस्करी गरी ल्याएको सुन प्रकरणमा अस्ति बुधवार सरकारी वकिल कार्यालय काठमाण्डाैले चार जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सरकारी वकिल कार्यालयलाई राहुल महरासहित तीन जनाविरुद्ध सङ्गठित अपराध र भन्सार चोरी निकासीको कसुरमा मुद्दा चलाउन सिफारिस गरेको थियो ।

सीआईबीले भेप प्रकरणमा एक जनालाई फरार सूचीमा राखेको छ । भेप प्रकरणमा प्रतिवादी बनाइएकाहरू विरुद्ध आठ करोड ५५ लाख २८ हजार रुपैयाँ बिगो कायम गर्न पनि सीआईबीले सुझाएको छ ।

२०७९ पुस १० गते दुबईबाट भेपमा लुकाएर चिनियाँ तस्करले ल्याएको सुन प्रकरणमा राहुल पक्राउ परेका थिए ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया