राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको ...
माघ ६, २०८१ आइतबार
काठमाण्डाै – प्यालेस्टिनी विद्राेही समूह हमासले इजरायलमा गरेकाे आक्रमणमा परि ज्यान गुमाएका १० मध्ये ५ जना विद्यार्थीकाे शव सरकारले प्राप्त गरेकाे छ ।
तेल अभिभमा रहेकाे नेपाली दूतावासले एक विज्ञप्ति निकालेर यसबारे जानकारी दिएकाे हाे । आक्रमणमा ज्यान गुमाएकामध्ये नारायणप्रसाद न्याैपाने, लाेकेन्द्रसिंह धामी, गणेशकुमार नेपाली, दिपेशराज विष्ट र आशिष चाैधरीकाे शव प्राप्त भएकाे दूतावासले जनाएकाे छ ।
'सिडट निजेभ एग्रिकल्चर सेन्टर' अन्तर्गत किब्बुज अलुमिममा प्रशिक्षणरत रहेकै बेला हमासकाे आक्रमणमा परि १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो । आक्रमणमा परि ज्यान गुमाएका अन्यकाे शव प्राप्त हुने क्रममा रहेकाे पनि दूतावासले जनाएकाे छ ।
यस्तै उपलब्ध संयन्त्रहरूकाे प्रयाेग गरी सम्पर्कविहीन रहेका विपिन जाेशीकाे खाेजी भइरहेकाे विज्ञप्तिमा उल्लेख छ । आक्रमणमा परि घाइते भएका ४ मध्ये २ जना अस्पतालबाट डिस्चार्ज भएका र २ जनाकाे उपचार भइरहेकाे दूतावासले जनाएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।