'पठाओ' र 'इनड्राइभ' का नाममा अफलाइन राइड गर्ने ८३ चालक कारबाहीमा

 असोज २९, २०८० सोमबार १५:३९:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – जिल्ला प्रहरी परिसर काठमाण्डाैले पठाओ र इनड्राइभका नाममा अफलाइन राइड गर्ने ८३ जना चालकलाई कारबाही गरेको छ ।

काठमाण्डाैका विभिन्न ठाउँबाट अनधिकृत रूपले सर्वसाधारणलाई ओसारपसार गर्ने 'अफलाइन राइड ट्रिप' क्रियाकलापमा संलग्नलाई परिसरले नियन्त्रणमा लिई आवश्यक कारबाही गरेको छ ।

विगतका केही आपराधिक घटनामा यस्ता सवारी चालकको संलग्नता देखिएको र सुरक्षा संवेदनशीलताकाे दृष्टिबाट सधैँ जोखिम हुने भएको कारणले अफलाइन राइड शेयर नगर्नेतर्फ सचेत रहन परिसरले अनुरोध गरेकाे छ ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया