प्रधानमन्त्री कप महिला टी–२० क्रिकेटमा आजदेखि समूह ‘बी’ का खेल
माघ ६, २०८१ आइतबार
बर्दिया – दशैँमा थारु समुदायका गाउँघरमा हुने नाचगान घट्दै गएकाे छ । दशैँ पर्व भित्रिएपछि गाउँघरमा सखिया र हुरदंगवा नाचगान शुरु हुने गरे पनि पछिल्लो समय लोप हुँदै गएको थारु अगुवाहरू बताउँछन् । थारु कला, संस्कृति लोप हुन लागेको भन्दै आफूहरू चिन्तित भएकाे थारु समुदायका अगुवा विष्णु थारुले बताउनुभयो ।
बर्दियाको बारबर्दिया, मधुवन, ठाकुरबाबा नगरपालिका लगायतका स्थानीय थारु समुदायको संस्कृति झल्किने सखिया नाच भइरहेको र यो नाच दशैँसम्म चल्ने जनाइए पनि परम्परागत ढङ्गबाट नभएको थारु समुदायका अगुवाहरूकाे गुनासो छ ।
थारु समुदायमा छुट्टै महत्त्व बोकेको सखिया नाच पनि हराउँदै गएको छ । पश्चिम नेपालका थारु समुदायले दशैँका बेला नाच्ने यो नाच हिजोआज कतैकतै मात्र देख्न सकिन्छ । कृष्णजन्माष्टमीदेखि शुरु भएर दशैँकाे एकादशीसम्म सखिया र हरदंगवा गीत गाउँदै नाचिने यो नाच गीत गाउने नै नभएपछि नाचमा मात्र सीमित भएको छ ।
पहिले पहिले कृष्णजन्माष्टीको दोस्रो दिनदेखि नै रातिको समयमा कृष्णको लीला गाउँदै सखिचा नाच नाच्ने गरिएकाेमा अहिले सखिया गीत गाउने मान्छे नै नहुँदा याे नाच हराउँदै गएकाे थारु अगुवाहरू बताउँछन् ।
थारु समुदायको प्रमुख सखिया नाचमा देवीदेवता, कुल देवताका गाथा, कृष्ण लीला लगायत धार्मिक ग्रन्थमा आधारित गीत गाउने गरिन्छ । यो नाचमा आफ्ना कुल देवतालाई सम्झिने भएकाले अनिवार्य रूपमा गुरुवालाई सहभागी गराउनुपर्ने चलन पनि छ ।
सखिया नाचमा थारु समुदायका युवती जातीय पहिरनमा सजिने गर्छन् । उनीहरूले फेफी, बुलकी, मगौरी, झुम्का, बिजलीवाला, घुङना जस्ता थारु संस्कृति झल्किने गहना, चोली तथा सेतो रंगको धोती जस्ता पहिरन र सात रङले सजिएको मञ्जिरा लगाएर नाच्ने गर्दछन् ।
सखिया नाच नाच्दा पुरुषले मादल बजाउने गर्दछन् भने महिलाले मादलको तालअनुसार मंजीरा बजाएर त्यसैअनुसार हात, कम्मर, खुट्टा तथा शरीरको हाउभाउ मिलाउने गर्दछन् । तर अहिले गाँउघरमा मादल बजाउन जान्ने मान्छेको समेत अभाव हुन थालेको छ । सखिया नाचमा विशेष भूमिका मादलको हुने गर्दछ तर अहिले पछिल्लो पुस्तालाई परम्परागत रूपमा मादल पनि बजाउन आउँदैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।