प्यालेस्टाइनको लडाकु समूह हमासले बन्धक बनाएकामध्ये थप दुई जना रिहा

 कात्तिक ७, २०८० मंगलबार ७:३२:३० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

प्यालेस्टाइनको विद्रोही लडाकु समूह हमासले थप दुई जना बन्धकलाई रिहा गरेको छ ।

हमासले इजिप्ट र कतारको मध्यस्थतामा नुरिट कुपर र योचेभ लिफसिट्ज नाम गरेका दुई जना व्यक्तिको रिहा गरेको अन्तर्राष्ट्रिय रेडक्रसलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । यसै महिनाको ७ तारिखमा हमासले अप्रत्यासित रुपमा इजरायलमा आक्रमण गर्दै दुई सय २० जनाभन्दा धेरैलाई अपहरण गरेको थियो । यसअघि दुई जना रिहा भएकोमा हिजो थप दुई जना रिहा भएका हुन् ।

कतारले आफ्नो मध्यस्थतामा थप ५० जना बन्धक रिहा गर्न हमास तयार भएको उल्लेख गरेको छ । तर हमासले युद्धविराम र गाजामा थप सहायता पठाउने ग्यारेन्टी भएमा मात्रै थप बन्धकहरूलाई रिहा गर्ने अडान लिएको छ । तर इजरायलले भने गाजा ध्वस्त पारिने त्यसको लागि हतियारले सुसज्जित सेना तयारी अवस्थामा रहेको जनाएको छ ।

इजरायलले गाजाको ५० प्रतिशत क्षेत्र ध्वस्त बनाइसकेको छ । हमासको आक्रमणबाट इजरायलमा १४ सय जनाको ज्यान गएको छ भने इजरायलले गाजामा गरेको जवाफी कारबाहीमा ५ हजार जनाभन्दा धेरै प्यालेस्टाइनी मारिएका छन् । हिजो एकैदिन इजरायलको आक्रमणबाट गाजामा ४ सय ३६ जनाको ज्यान गएको  खबरमा उल्लेख छ ।
 

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया