प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुलको जीत, आर्सनल र एस्टनभिल्ल...
माघ ६, २०८१ आइतबार
काठमाण्डाै - एसीसी १९ वर्षमुनिको प्रिमियर कपको उपाधिका लागि अहिले नेपाल र यूएई खेलिरहेका छन् । मलेसियाको बायोमासमा टस जितेर नेपालले पहिला ब्याटिङ गरिरहेको छ ।
नेपालका कप्तान देव खनालले शतक प्रहार गरेका छन् । उनले ९० बलमा तीन छक्का र नौ चौकासहित शतक बनाए । यसअघि नेपालका अजुर्न कुमाल ५५ र दीपक बोहाेरा ५ रनमा आउट भए । आकाश त्रिपाठीले खाता पनि खोल्न सकेनन् । यो खबर तयार पार्दासम्म नेपालले ३६ ओभरको खेलमा तीन विकेट गुमाएर १ सय ८३ रन बनाएको छ । देव खनाल शतक बनाएलगत्तै आउट भएका छन् ।
नेपालले सेमिफाइनलमा जापानलाई डकवर्थ लेविस पद्धतिको आधारमा १ सय ४३ रन तथा यूएईले दोस्रो सेमिफाइनल खेलमा सिङ्गापुरलाई डवकर्थ लेविस पद्धतिको आधारमा १० विकेटले हराउँदै फाइनलमा पुगेका हुन् ।
फाइनलमा पुगेसँगै नेपाल र यूएईले पाकिस्तानमा हुने १९ वर्षमुनिको एसिया कप खेल्ने पक्का भएको छ । नेपालले समूह चरणमा इरानलाई २ सय ७४, बहराइनलाई ७ विकेट र साउदी अरेबियालाई ३ सय २ रनले हराएको थियो । यूएईले समूह चरणमा चीनलाई ९ विकेट, ओमानलाई ३ विकेट, कतारलाई १० विकेटले हराएको थियो ।
तस्बिर : क्रिकेट डट नेपाल
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।