दशैँ शुरु भएदेखि थारू बस्तीमा सखिया नृत्यको रौनकता

 कात्तिक ८, २०८० बुधबार ९:४१:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - दशैँ शुरु भएदेखि थारू बस्तीमा सखिया नृत्यको रौनकता छ । बिहानदेखि बेलुका अबेरसम्मै मादलको तालमा महिला नाच्नछन् ।

कृष्णाष्टमीदेखि शुरु हुने सखिया नृत्य दशैँसम्म नाचिन्छ । यसमा पुरुषले मादल बजाउँछन् । जसलाई थारु भाषामा मदलिया भनिन्छन् । अंगिया, चोली र फरियामा सजिएका महिलाहरु हातमा मिजरा समातेर नाच्ने गर्छन् । मादलको तालमा नाच्दै मिजरा पनि बजाउँछन्  ।

थारु समुदायका अगुवा बलबहादुर डगौँराका अनुसार कृष्णाष्टमीपछि थारु समुदायमा खेतीपातीमा रोग किरा नलागोस् भनेर हरेरी गुरेरी पूजा गरिन्छ । त्यतिबेला नाङ्गो खुट्टाले आगो निभाइन्छ । त्यही बेलादेखि सखिया नृत्य शुरू हुन्छ ।

बर्खामा खेतीपातीको काम सकेर थकान मेट्ने माध्यमका रुपमा पनि सखिया नृत्यलाई लिइन्छ । सखियामा कृष्णलीला गाइन्छ । तर अचेल कृष्णलीला गाउनेहरु नै कम भएको थारु समुदायका अगुवाहरु बताउँछन् । अहिले टुक्राटुक्रामा विभिन्न खालका गीतहरु जोडेर पनि गाउने गरिन्छ ।  

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया