मुगु सामूहिक हत्या प्रकरण : तालिमप्राप्त कुकुरसहितको टोली घटनास्थलमा पुग्यो

 कात्तिक ११, २०८० शनिबार १०:५५:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - मुगुमा तीन जना छोराछोरीसहित आमाको हत्या भएको घटनाबारे अनुसन्धानका लागि तालिमप्राप्त कुकुरसहितको टोली घटनास्थलमा पुगेको छ ।

घटनाको थप अनुसन्धान गर्न प्रहरी तालिम केन्द्र नेपालगञ्जबाट खटिएको अपराध अनुसन्धानमा खटिने कुकुरसहितको प्रहरी टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक डीएसपी वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

हिजोदेखि घटनास्थल सुरक्षित राखेको प्रहरीले आज तालिम प्राप्त कुकुरसहितको टोली पुगेपछि थप अनुसन्धानसहित शव उठाउने तयारी गरेको डीएसपी थापाले जानकारी दिनुभयो । चारै जनाको शव हिजो बिहान नौ बजे फेला परेको हो ।

ज्यान गुमाउनेहरुमा २८ वर्षकी श्रीदेवी बोहोरा, उहाँका ११ वर्षका छोरा मनोज, आठ वर्षकी छोरी अप्सरा र आठ महिनाका छोरा रहर रहेका छन् । स्थानीय धर्मी बोहाेराका अनुसार उनीहरु बुधवार बेलुका ४ बजेतिर माइतीघर कोटिलाबाट टीका लगाएर घर फर्किएका थिए ।

हत्या गर्नेले घरभित्र हत्या गरेर ढोकामा ताल्चा लगाएर भागेको पाइएको डीएसपी थापाले जानकारी दिनुभयो । प्रहरीको प्रारम्भिक अनुसन्धानले धारिलो हतियार र ढुंगा प्रहरी गरी हत्या गरिएको देखाएको छ । केही व्यक्तिमाथि हत्याको आशङ्का गरिएको र उनीहरूको निगरानीमा सादा पोसाकका प्रहरी खटिएको डीएसपी थापाले बताउनुभयो ।

श्रीदेवीका श्रीमान् दीपक बोहाेरा भने वैदेशिक रोजगारीका लागि कतारमा रहनुभएको छ ।  

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया