प्रधानमन्त्री कप महिला टी–२० क्रिकेटमा आजदेखि समूह ‘बी’ का खेल
माघ ६, २०८१ आइतबार
काठमाण्डाै – पश्चिम नेपालका अर्घाखाँची, गुल्मी, प्युठान, पाल्पा, स्याङ्जा, कपिलवस्तु, दाङ, रुपन्देही लगायतका जिल्लामा आज सराय नाच नाचिएकाे छ । यी जिल्लामा दशैँका बेला पूर्णिमासम्म सराय नाच नाच्ने गरिन्छ । यी जिल्लामा दशैँको टीकाको भोलिपल्ट एकादशीदेखि पूर्णिमासम्म कोतघर, दुर्गाभगवतीका शक्तिपीठमा पञ्चेबाजा गुन्जिन्छन् ।
दशैँ मनाउन घर फर्किएकाहरू सराय नाच्छन् र मन्दिरबाट निकालिने देवीका आलाममा फूलपाती, अक्षता र भेटी चढाएर दर्शन गर्ने गर्छन् । आज शनिवार अर्घाखाँचीको खाँचीकोट र ठाडाको कालिका भगवती मन्दिर, गुल्मीको धुर्कोट लगायतमा सराय नाच भएको छ ।
अर्घाखाँचीको अर्घादरबारमा यस क्षेत्रकै ऐतिहासिक सराय जात्रा नै लाग्छ । अर्घाभगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सरोज भुसालका अनुसार सराय नाचको छुट्टै महत्त्व र इतिहास रहेको छ । देवीले महिषासुरको वध गरेपछि त्यसलाई विजय प्रतीक मानेर देवीको गुणगान गाउँदै सराय नाच नाच्न थालिएको हो । बाइसे/चौबिसे राजा बस्ने दरबार र कोतघरमा सराय नाचेर पूर्णिमाको दिन दशैँ बिदा गर्ने यस क्षेत्रको चलन रहेको छ ।
हतियार नचाएर नाचिने सराय नाचप्रति युवाको आकर्षण बढ्दो रहेको शितगंगा नगरपालिकाले जनाएको छ । केही ठाउँमा भने याे नाच घटिरहेकाे भन्दै पाका पुस्ताले चिन्ता व्यक्त गरेका छन् ।
तस्बिर : प्रेमनारायण आचार्य/उज्यालाे सहकर्मी
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।