गाजाको अस्पताल आसपास इजरायलको आक्रमण, डाक्टर भन्छन् : अस्पताल खाली गर्न असम्भव

 कात्तिक १३, २०८० सोमबार ९:२५:४२ | एजेन्सी
unn.prixa.net

द्वन्द्व प्रभावित गाजा क्षेत्रका डाक्टरले अस्पताल खाली गर्न असम्भव भएको बताएका छन् । इजरायलले उत्तरी गाजा क्षेत्रमा रहेको अल कुद्स अस्पताल तत्काल खाली गर्न भनेपछि डाक्टरहरुको यस्ताे प्रतिक्रिया आएको हो ।

इजरायलले प्यालेस्टाइनको विद्रोही समूह हमास विरुद्धको आक्रमण बढाउँदै अस्पताल आसपासका क्षेत्रमा आक्रमण गरिरहेको छ । अस्पतालमा हमास लडाकु लुकेको हुन सक्ने इजरायलको आशङ्का छ । तर, अस्पतालका निर्देशकले भने अस्पतालमा विद्रोही समूह नभएर प्यालेस्टाइनका नागरिकहरु आश्रय  लिएर बसिरहेका बताएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

यस्तै, विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओले पनि अस्पताल क्षेत्रमा भइरहेको आक्रमणको भत्सर्ना गर्दै अस्पताल खाली गराउन असम्भव रहेको जनाएको छ । यस्तै, गाजापट्टीको राफाहमा रहेको गोदाममा हजारौँ मानिस प्रवेश गरेर त्यहाँ लुटपाट गरेका छन् ।

गाजाबाट प्राप्त तस्बिरहरूमा राशन र अन्य अत्यावश्यक वस्तुहरू वितरण केन्द्रहरूमा मानिसहरू प्रवेश गरेको र त्यहाँ भागदौड र अराजकताको वातावरण सिर्जना भएको देखिएको बीबीसीले जनाएको छ । 
 

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया