विश्व कप क्रिकेटमा अफगानिस्तानले श्रीलङ्कालाई सात विकेटले हरायो

 कात्तिक १४, २०८० मंगलबार ६:२९:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईसीसी विश्वकप क्रिकेटमा अफगानिस्तानले श्रीलङ्कालाई सात विकेटले पराजित गरेको छ । श्रीलङ्काले दिएको दुई सय ४२ रनको लक्ष्य अफगानिस्तानले ४५ ओभर दुई बलमा ३ विकेट गुमाएर पूरा गर्यो । अफगानिस्तानका रहमत साहले ६२ रन बनाए ।

श्रीलङ्काका दिलसन मधुसनकाले २ विकेट लिए । त्यसअघि पुनेमा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलङ्का ४९ ओभर ३ बलमा २ सय ४१ रन बनाउँदा अलआउट भयो । श्रीलङ्काका पथुन निसान्काले सर्वाधिक ४६ रन बनाए । अफगानिस्तानका फजलहक फरूकीले ४ विकेट लिए ।

अफगानिस्तानले सेमिफाइनल प्रवेशको सम्भावना कायमै राखेको छ ।  श्रीलङ्का भने समूह चरणबाटै आउट हुने खतरा बढेको छ । अफगानिस्तानले जारी विश्वकपमा तेस्रो जित निकाल्दै ६ अङ्क बनाएको छ । अफगानिस्तान पाँचौँ स्थानमा पुग्दा श्रीलङ्का भने एक स्थान तल झर्दै छैटौँ स्थानमा पुगेको छ । दुवै टोलीका अब तीन–तीन खेल बाँकी छन् ।

राउण्ड रोबिनका आधारमा खेलाइँदै आएको यो प्रतियोगितामा सबै टोलीले एकअर्कासँग एक–एक खेल खेल्नेछन् । १० मध्ये शीर्ष चार टोली सेमिफाइनलका लागि छनोट हुनेछन् । सेमिफाइनलका विजेता टोलीले फाइनल खेल्नेछन् । फाइनल खेल नोभेम्बर १९ मा अहमदाबादमा हुने छ ।  
 

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया