कर्णाली प्रतिष्ठान र  सनवे मेडिकल सेन्टरबीच सहकार्य

 कात्तिक १५, २०८० बुधबार ८:२०:४५ | रासस
unn.prixa.net

फाइल तस्बिर

जुम्ला – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र मलेसियाको सनवे मेडिकल सेन्टरबीच सम्झौता भएको छ । सम्झौताले ती दुई स्वास्थ्य सेवा प्रदायक सस्थामा कार्यरत जनशक्तिबीच सहकार्य हुने बताइएको छ ।

मङ्गलवार मलेसियामा आयोजित कार्यक्रममा प्रतिष्ठानका तर्फबाट उपकुलपति डा मङ्गल रावल र सेन्टरका तर्फबाट अध्यक्ष डा लाउ बेन लोङ्गले सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो । त्यस अवसरमा मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले सम्झौता नेपालको दुर्गम जिल्लामा स्थापित प्रतिष्ठानका लागि सहयोगी बन्ने बताउनुभयो ।

अन्तिम अपडेट: पुस २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया