इरानलाई हराउँदै नेपालको पुरुष टोली पनि खो–खो विश्वकपको फाइ...
माघ ५, २०८१ शनिबार
तनहुँ – तनहुँमा दैनिक डेङ्गी सङ्क्रमितको सङ्ख्या बढ्ने क्रम जारी छ । झन्डै दुई महिनाअघिदेखि फैलिएको डेङ्गी दैनिक फैलिँदै जाँदा अझै नियन्त्रणमा आउन सकेको छैन । मङ्गलवार मात्रै एक सय ८२ जना डेङ्गी सङ्क्रमित थपिएका स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
तनहुँमा सोमवारसम्म छ हजार चार सय ८४ जना डेङ्गी सङ्क्रमित रहेकामा त्याे सङ्ख्या बढेर छ हजार छ सय ६६ जना पुगेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो ।
व्यास नगरपालिकामा ६० जना सङ्क्रमित थपिएका छन् । यसअघि पाँच हजार चार सय १५ रहेको यस पालिकामा थपिएर पाँच हजार चार सय ७५ जना पुगेको छ । डेङ्गी सङ्क्रमितका कारण निजी क्लिनिक र अस्पतालमा दैनिक भिड हुने गरेको छ भने कतिपय पोखरा र चितवनसम्म धाउन थालेका छन् ।
जिल्लाको अन्य पालिकामा शुक्लागण्डकी नगरपालिकामा चार सय ९६, ऋषिङ गाउँपालिकामा एक सय ९४, भिमाद नगरपालिकामा एक सय ८४, म्याग्दे गाउँपालिकामा एक सय १०, भानु नगरपालिकामा ८४, बन्दीपुर गाउँपालिकामा ४७, आँबुखैरेनी गाउँपालिकामा ३९, देवघाट गाउँपालिकामा २२ र घिरिङ गाउँपालिकामा नौ जना सङ्क्रमित भएका छन् ।
डेङ्गी सङ्क्रमणबाट बच्न वयस्क एडिज जातको लामखुट्टेको टोकाइबाट बच्नु नै उत्तम उपाय भएको र घर वरिपरि पानी जम्न नदिने, सुत्दा झुलको प्रयोग गर्ने, पूरा बाउला भएका कपडा लगाउने लगायतमा सतर्कता अपनाउनुपर्ने दमौली अस्पतालका प्रमुख डा. परिवर्तन बरालले बताउनुभयो । डेङ्गी सङ्क्रमित भइसकेको अवस्थामा चिकित्सकको परामर्शअनुसार औषधि सेवन गर्न, झोलिलो खानेकुरा प्रशस्त पिउन, फलफूल खान र आराम गर्न उहाँले सुझाव दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।