इरानलाई हराउँदै नेपालको पुरुष टोली पनि खो–खो विश्वकपको फाइ...
माघ ५, २०८१ शनिबार
काठमाण्डाै - आईसीसी एकदिवसीय विश्व कप क्रिकेटमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई फराकिलो अन्तरले हराएको छ । हिजो भएको खेलमा दक्षिण अफ्रिका १ सय ९० रनले विजयी भयो । जितसँगै दक्षिण अफ्रिकाको ७ खेलमा १२ अङ्क भएको छ ।
दक्षिण अफ्रिका शीर्ष स्थानमा छ । न्युजिल्यान्ड समान खेलमा ८ अङ्ककासाथ चौथो स्थानमा छ । जितका लागि ३ सय ५८ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड ३५ ओभर ३ बलमा १ सय ६७ रनमा अलआउट भयो । उसका ग्लेन फिलिप्सले सर्वाधिक ६० रन बनाए ।
दक्षिण अफ्रिकाका केशव महाराजले ४ र मार्को जेसनले ३ विकेट लिए । त्यसअघि पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले क्विन्टन डी कक र रसी भान डे डुसेनको शतकमा ४ विकेट गुमाएर ३ सय ५७ रन बनाएको थियो । डी ककको यो विश्व कपमा चौथो शतक हो । डेविड मिलरले ५३ रन जोडे ।
न्युजिल्यान्डका टिम साउथीले २ विकेट लिए । विश्व कप क्रिकेटमा आज घरेलु टोली भारत र श्रीलङ्का खेल्दैछन् । यो खेल वाङ्खडेमा नेपाली समय अनुसार दिउँसो सवा २ बजे शुरु हुनेछ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।