न्याय माग्दा डर, त्रास र धम्की आयाे : भारती मानन्धर

 कात्तिक १७, २०८० शुक्रबार १५:३८:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – रिगल भनेर चिनिने याेगराज ढकालकाे आममाफी सर्वोच्च अदालतले बदर गरिदिएसँगै मृतक चेतन मानन्धरकी पत्नी भारती मानन्धरले याे फैसलाले आफूलाई थप साहस दिएको बताउनुभएको छ ।

आज शुक्रवार काठमाण्डाैमा पत्रकार सम्मेलन गरी मानन्धरले आफूलाई धेरै बाधा, डर, त्रास, धम्की र पैसाका बार्गेनिङ आए पनि अन्ततः न्याय पाएको बताउनुभएकाे हाे । कुनै पनि लोभमा नलागिकन अघि बढेकाले न्याय मिलेको उहाँले बताउनुभयो । अन्यायमा परेका महिलालाई आफ्नो यस कामबाट प्रेरणा मिल्ने मानन्धरकाे विश्वास छ ।

उहाँले भन्नुभयो, ‘यसबीचमा धेरै बाधा, डर, त्रास, धम्की र पैसाका बार्गेनिङ आए । तर मेरो टिमले मेरो साथ छोडेन । मेराे टिमले मलाई अन्यायमा परेको महिलालाई बाटो दे, अरू महिलाले पनि साथ पाए न्याय पाउँछन् भनेर कुनै स्वार्थमा नलाग्न भन्याे ।मजस्ता पीडित महिला धेरै छन्, म पछि हट्नु हुँदैन भनेर अघि बढेँ ।’

नेपालगञ्जका चेतन मानन्धरको हत्या अभियोगमा कैद भुक्तान गरिरहेको रिगललाई संविधान दिवसकाे अवसरमा सरकारकाे सिफारिसमा राष्ट्रपतिले आममाफी दिनुभएकाे थियाे । रिगलको आममाफीविरुद्ध चेतनकी पत्नी भारतीले सर्वोच्चमा रिट निवेदन दिनुभएको थियो ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया