इरानलाई हराउँदै नेपालको पुरुष टोली पनि खो–खो विश्वकपको फाइ...
माघ ५, २०८१ शनिबार
काठमाण्डौ – भूकम्प प्रभावितको राहत, उद्धार तथा पुन:स्थापनाको लागि विभिन्न क्षेत्रबाट सहयोग रकमको घोषणा हुन थालेको छ । भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा तत्कालै राहत र उद्धार तथा पुन:स्थापनाको लागि रकमको घोषणा शुरु भएको हो । सुदूरपश्चिम सरकारले भूकम्प पीडितलाई एक करोड रुपैयाँ राहत दिने घोषणा गरेको हो ।
शनिवार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले भूकम्प प्रभावितहरूको राहतका लागि एक करोड रूपैयाँ दिने निर्णय गरेको मुख्यमन्त्री कमलबहादुर शाहले जानकारी दिनुभयो । सुदूरपश्चिमले जाजरकोट र रुकुम पश्चिममा स्वास्थ्यकर्मी पनि पठाउने भएको छ । यस्तै, बाग्मती प्रदेश सरकारले भूकम्प पीडितलाई एक करोड ५० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।
बाग्मती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भूकम्पबाट प्रभावितको उद्धार, उपचार, राहत र पुन:स्थापनाका लागि एक करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने जनाएको हो । यस्तै, नेपाली कांग्रेसले पनि भूकम्प पीडितहरुको उद्धार, राहत र पुन:स्थापनाका लागि ५० लाख रुपैयाँ सरकारलाई उपलब्ध गराउने निर्णय गरिएको छ ।
कांग्रेसले स्वदेश र विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न नेपाली कांग्रेस अपील गरेको छ । कांग्रेसले सरकार, राजनैतिक दलहरु, संघ–संस्था सबै एक भएर यो विपत्तिको सामना गर्न नेपाली कांग्रेस सबैमा आग्रह गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।