इरानलाई हराउँदै नेपालको पुरुष टोली पनि खो–खो विश्वकपको फाइ...
माघ ५, २०८१ शनिबार
बाग्लुङ - बाग्लुङका दश पालिकाले शुक्रवार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पका पीडितलाई सहयोग रकम उपलब्ध गराउने भएका छन् ।
बाग्लुङका दश पालिकाले एकमुष्ट ३० लाख रुपैयाँ राहत रकम प्रदान गर्ने भएका हुन् । चार नगरपालिकाले तीन लाख ७५ हजार र छ गाउँपालिकाले दुई लाख ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय भएको बाग्लुङ नगरपालिकाका मेयर वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बाग्लुङ जिल्लाका पालिकाले प्रदान गर्ने नगद, उद्योग वाणिज्य सङ्घ बाग्लुङ, जिल्ला रेडक्रस सोसाइटी बाग्लुङ, रोटरी क्लब अफ बाग्लुङ र अन्य सङ्घ संस्थाले प्रदान गर्ने जिन्सी सामग्रीसहित आवश्यक औषधिसमेत लिएर जाजारकोटतर्फ जाने योजना रहेको बताउनुभयो ।
भूकम्प पीडितका लागि आवश्यक लत्ताकपडा बाग्लुङ उद्योग वाणिज्य सङ्घमार्फत कपडा तथा फ्रेन्सी व्यवसायी समितिद्वारा सङ्कलन गरिएको बाग्लुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेश कँडेलले जानकारी दिनुभयो।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।