पर्थमा भारतको ऐतिहासिक जीत, अस्ट्रेलियालाई पहिलो टेस्टमा २ सय...
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – शेयर बजार आज साेमवार दोहोरो अङ्कले बढेको छ । हिजो आइतवार साढे २१ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज २१ दशमलव ३० अङ्कले बढेर एक हजार आठ सय ४७ दशमलव ५४ विन्दुमा पुगेको छ ।
आज सबै समूहको शेयर उकालो लागेको छ । सबैभन्दा धेरै हाथवे इन्भेस्टमेन्ट नेपालको शेयर १० प्रतिशत र सिद्धार्थ प्रिमियर इन्सुरेन्सको शेयर झन्डै १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन लक्ष्मी लघुवित्त र विन नेपाल लघुवित्तको शेयर चार प्रतिशतले ओरालो लागेको छ ।
आज ३५ लाख ५५ हजार कित्ता शेयर ९३ करोड ८९ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सोल्टी होटलको छ करोड ४३ लाख र सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको पाँच करोड ६२ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।