मालपाेतका तत्कालीन अधिकृतविरुद्ध २ कराेड रुपैयाँभन्दा बढीकाे भ्रष्टाचार मुद्दा

 कात्तिक २०, २०८० सोमबार १६:१९:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय पर्साका तत्कालीन मालपोत अधिकृत हरिनारायण मिश्रविरुद्ध राजस्व चुहावटको आरोपमा दुई करोड नौ लाख ३१ हजार रुपैयाँकाे भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आर्थिक वर्ष २०७१/७२ मा मालपोत कार्यालय पर्साको फाँट ‘ग’ को एउटा जग्गामा एकै रजिस्ट्रेशन नम्बरको एकभन्दा बढी लिखत पारित गरेको र बढी राजस्व रकम उठेको लिखतको विवरण दर्ता किताबमा प्रमाणित नगरेको पाइएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले बताउनुभयो । यही सम्बन्धमा आयोगले मिश्रको हस्ताक्षरबाट पारित भएका लिखतबाट सङ्कलन भएको रकम भ्रष्टाचार भएको आरोपमा उनीविरुद्ध दुई करोड नौ लाख ३१ हजार रुपैयाँको दोब्बर रकम जरिबाना गर्न माग गरेर विशेष अदालत काठमाण्डाैमा मुद्दा दायर गरेको हो ।

यसैगरी मालपोत कार्यालय पर्साका तत्कालीन अधिकृत भूपबहादुर बोगटीविरुद्ध पनि यही विषयमा एक करोड ४९ लाख ६९ हजार रुपैयाँभन्दा दोब्बर जरिबाना मागदाबीसहित भ्रष्टाचारको आरोपमा मुद्दा दायर भएको अख्तियारले जनाएको छ । यही आरोपमा तत्कालीन मालपोत अधिकृत गोपाल ढुङ्गानाविरुद्ध ३५ लाख ४५ हजार रुपैयाँभन्दा दोब्बर जरिबाना मागदाबीसहित भ्रष्टाचारकाे आरोपमा मुद्दा दर्ता भएको छ । आयोगका अनुसार मालपोतका तत्कालीन अधिकृतहरू र एक जना नायब सुब्बाविरुद्ध पनि भष्टाचारको मुद्दा दर्ता भएको छ ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया