श्रीलङ्काले दियाे बङ्गलादेशलाई २ सय ८० रनकाे लक्ष्य

 कात्तिक २०, २०८० सोमबार १९:२:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलङ्काले बङ्गलादेशलाई २ सय ८० रनकाे लक्ष्य दिएकाे छ ।

दिल्ली अरुण जेटली स्टेडियममा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे श्रीलङ्का ४९ ओभर ३ बलमा २ सय ७९ रन बनाउँदा अलआउट भयाे । श्रीलङ्काका चरिथ असलन्काले शतक बनाए । उनी १ सय ५ बलमा १ सय ८ रन बनाएर आउट भए । यस्तै पथुम निसन्का र सदिरा समराविक्रमाले समान ४१ रन जाेडे । बलिङतर्फ बङ्गलादेशका तन्जिम हसन सकिबले ३ तथा शाेरिफुल इस्लाम र कप्तान शकिब अल हसनले समान २ विकेट लिए ।

श्रीलङ्का ७ खेलमा ४ अङ्कसहित तालिकाकाे साताैँ स्थानमा छ । बङ्गलादेश उति नै खेलमा २ अङ्कसहित नवाैँ स्थानमा छ । बङ्गलादेश सेमिफाइनलमा पुग्ने सम्भावना सकिएकाे छ ।

अन्तिम अपडेट: माघ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया