इरानलाई हराउँदै नेपालको पुरुष टोली पनि खो–खो विश्वकपको फाइ...
माघ ५, २०८१ शनिबार
इजरायलले गाजामा परमाणु आक्रमण गर्ने अभिव्यक्ति दिएका आफ्ना एक जना मन्त्रीलाई मन्त्रिपरिषदमा सहभागी हुन रोक लगाएको छ ।
दक्षिणपन्थी पार्टीका सदस्य एवम् इजरायली सरकारका मन्त्री एमिचाइ एलियाहुले हमासको विरुद्ध गाजामा परमाणु आक्रमण गर्नुपर्ने बताएपछि प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले मन्त्रिपरिषद्को बैठकमा उपस्थित हुन रोक लगाउनुभएको बीबीसीले जनाएको छ । उहाँले सरकारको तर्फबाट मन्त्री एलियाहुको अभिव्यक्ति खारेज गरेको घोषणा गर्दै अभिव्यक्ति दिने मन्त्रीलाई माफी माग्न भन्नुभएको छ ।
मन्त्रीको अभिव्यक्तिलाई लिएर अरब देशहरुबाट कडा प्रतिक्रिया आउन थालेपछि प्रधानमन्त्री नेतान्याहुले अभिव्यक्ति दिने मन्त्रीलाई अनिश्चितकालका लागि मन्त्रिपरिषद् बैठकमा रोक लगाउनु भएको हो । यसैबीच इजरायलको आक्रमणबाट गाजा क्षेत्रमा ज्यान गुमाउनेको सङ्ख्या १० हजार नाघेको छ ।
एक महिनाको युद्धमा गाजामा १० हजार २२ जना मारिएका र ती मध्ये चार हजार एक सय चार जना बालबालिका रहेका प्यालेस्टिनी सरकारले जनाएको छ । इजरायलतर्फ एक हजार चार सय जना मारिएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।