उपप्रधानमन्त्री खड्काको यूएई भ्रमण स्थगित

 कात्तिक २३, २०८० बिहीबार ११:३०:५० | रासस
unn.prixa.net

फाइल तस्बिर, रासस

काठमाण्डाै - उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले आउँदाे साेमवारदेखि मंसिर १ गते शुक्रवारसम्म संयुक्त अरब इमिरेट्स (यूएई) का लागि तय भएको भ्रमण स्थगित गर्नुभएको छ ।

यूएईका युवराज मोहम्मद बिल रसिद अल मकतुमको निमन्त्रणामा दुबईमा आयोजना हुन लागेको १८औँ दुबई एअरशो, २०२३ मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री खड्का यूएई जाने कार्यक्रम तय भएको थियो। 

तर यही कात्तिक १७ गते शुक्रवार राति जाजरकोटमा ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएपछि उद्धार तथा राहतमा सक्रिय भएकाले उपप्रधानमन्त्री खड्काले भ्रमणको कार्यक्रम स्थगित गर्नुभएको रक्षामन्त्रालयका सहसचिव एवम् प्रवक्ता प्रकाश पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

'भूकम्प गएपछि जाजरकोट र रुकुमपश्चितलगायतका क्षेत्रमा ठूलो धनजनको क्षति भएको र प्रभावितहरुको उद्धार, राहत र पुनःस्थापनालगायतका काममा उपप्रधानमन्त्री खड्का स्वयम् निरन्तर क्रियाशील रहनुभएकाले यस विषम परिस्थितिमा वैदेशिक भ्रमणमा जान उपयुक्त नहुने निष्कर्षसहित यूएई भ्रमण रद्द गरिएको हो', विज्ञप्तिमा उल्लेख छ ।
 

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया