इरानलाई हराउँदै नेपालको पुरुष टोली पनि खो–खो विश्वकपको फाइ...
माघ ५, २०८१ शनिबार
काठमाण्डाै - तिहार लागेसँगै भक्तपुरमा माटोको पाला बनाउन प्रजापती समुदायलाई भ्याइनभ्याइ छ । दशैँ सकिएसँगै तिहारको समय आएपछि भक्तपुरका प्रजापती समुदायलाई माटाका पाला तथा भाँडा बनाउन भ्याइनभ्याइ भएको हो ।
उनीहरुले यो वर्षको तिहारमा माटाका पालालगायतका भाँडाहरु मागअनुसार बनाउन नसकेको बताउँछन् । अन्य समयमा भन्दा तिहारको समयमा धेरै माग हुने गरेको व्यवसायीहरु बताउँछन्।
भक्तपुर नगरपालिका–४ का गणेशकुमार प्रजापतीले बजारमा प्लास्टिकका दियोहरु आएकाले माटोका पालाहरुको माग कम भएको बताउनु भयो । व्यवसायी प्रजापतीले माटोको पाला बनाउनसके बजारमा माग धेरै रहेको बताउनु भयो ।
उहाँले माटो अभावका कारण पाला बनाउन समस्या भएको बताउनु भयो । उहाँले विगतमा माटो किन्नु नपर्ने भए पनि अहिले माटो समेत अवस्था रहेको बताउनु भयो । प्रजापतीले माटो किन्नुपर्ने भएकाले पालालगायतका माटोका भाँडा बनाउने पेसा सङ्कटमा परेको बताउनु भयो ।
उहाँले पाला मात्र नभएर माटोका भाँडा बनाउँदा विशेषगरी माटोको अभाव हुने तथा माटोका भाँडाहरु पोल्न ठाउँको अभाव रहेको बताउनु भयाे ।
भक्तपुरका प्रजापती समुदायले बनाएको माटोका पालाकाे माग उपत्यकाबाहिर समेत हुने गरेकाे छ । मौलिक परिचयका कारण उपत्यका बाहिर सिन्धुपाल्चोक, पोखरा, काभ्रे, धरानलगायत विभिन्न जिल्लाबाट समेत भक्तपुरसम्म पाला किन्नेहरु आउने गरेका छन् । माटोको पाला लक्ष्मी पूजाको दिन धेरै प्रयोग हुने गर्छ ।
तस्बिर : न्युज एजेन्सी नेपाल
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।