रवि लामिछानेसहित पाँच जनाको जिल्ला अदालत कास्कीमा बयान
पुस ८, २०८१ सोमबार
इलाम – किराँत धर्मका महागुरु तथा १६ औँ राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको जन्मजयन्तीका दिन इलामका तीन स्थानीय तहले सार्वजनिक बिदा दिने भएका छन् ।
जन्मोत्सवका दिन इलामका एक नगरपालिका र दुई गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । महागुरु लिङ्गदेनको १ सय ३४ औँ जन्मोत्सव इलामको माङ्गसेबुङ्ग, फाकफोकथुम गाउँपालिका र माइनगरपालिकाले विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । तीन वटै नगरपालिकाले आउँदो कार्तिक २५ गते सार्वजनिक बिदा दिने भएका छन् ।
माइनगरपालिकाले नगरका विभिन्न पाँच स्थानमा किराँत धर्मावलम्बीहरुको आयोजनामा विभिन्न कार्यक्रम गरी जन्मोत्सव मनाउने भएको छ । यस्तै माङ्गसेबुङ्ग गाउँपालिकामा भने गुरुनीति आश्रम कृषि उपसमितिको आयोजनामा माङ्गसेबङ्ग–१, गजुरमुखीमा कार्यक्रम गर्नेछ भने फाकफोकथुम गाउँपालिकाले किराँत माङ्गहिम संरक्षण समितिको आयोजनामा किराँत माङ्गहिम रुपाटारमा विभिन्न कार्यक्रम गरी जन्मोत्सव मनाउने तयारीमा जुटेको फाकफोकथुम गाउँपालिकाका उपाध्यक्ष सरस्वती राईले बताउनुभयो ।
त्यस दिन गाउँपालिका र नगरपालिकाभित्रका सम्पूर्ण सरकारी कार्यालय तथा विद्यालहरुमा बिदा दिइने भएको छ । इलामको माङ्गसेबुङ्ग गाउँपालिकालाई लिङ्गदेनको जन्मथलो, फाकफोकथुममा आश्रम बनाएर बसेको र देऊमाई नगरपालिका वडा नम्बर २ को खत्रक्पामा ज्ञान हासिल गरेको स्थान माइनगरपालिकाको नजिक पर्ने भएकाले तीनवटै स्थानीय तहमा सार्वजनिक बिदा दिने निर्णय गरेको माइनगरपालिका प्रमुख दीपककुमार थेवेले बताउनुभयो ।
लिङ्गदेनको जन्मोत्सवको अवसरमा झापाको दमक नगरपालिका र पाँचथरको फाल्गुनन्द गाउँपालिकामा समेत गएको वर्ष सार्वजनिक बिदा दिइएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।